यसरी भयो उदयपुर बेलका राजेन्द्र साहको मृत्यु

187

फागुन १,
सुनसरी । जिल्लामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार पकली चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालक उदयपुर बेलका नगरपालिका-९ का ५४ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते साहको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । साहले बेलका नगरपालिकाको रामपुर बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए ।