आज ५७ जना कोरोना संक्रमित थपिए

73

फागुन १,
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । यस्तै, २४ घण्टामा १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १६ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । यस्तै,२१ लाख १३ हजार ५ सय ४९ पीसीआर परीक्षण भएका छन् ।