ट्राफिक नियम उल्लङ्घन वापतको जरिवाना भुक्तानी यसरी गर्नुहोस्

66

माघ २१,
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने भएको छ । बैंक खाताबाट अनलाइन नै गर्न सकिने यस कार्यको महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ ।
उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानबाट हस्ताक्षर भएको छ ।

उक्त भुक्तानीको लागि सेवाग्राहीले कनेक्ट आईपीएस लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यास बोर्डमा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ । त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट भएलगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तीय संस्थाका मोबाइलरइन्टरनेट बैंकिङ्ग एवं अन्य आबद्ध पीएसपीरवालेटमार्पmत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।