दरबारमार्गमा अभिनेत्री सुष्मा कार्कीमाथि हातपात

137

माघ २०, काठमाडौँं । अभिनेत्री सुष्मा कार्कीले सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी गर्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लगाउँदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सुष्माले आफूमाथि भएको कुटपिटको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले पुष्टि गरे । ‘आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको भन्दै सुष्माले ठाडो उजुरी दिएकी छन्’ डिएसी पौडेलले भने, ‘दुबै पक्षलाई अहिले बोलाएका छौँ । छलफलपछि के भएको थाहा हुनेछ ।’ सुस्मालाई अन्याय भएको रहेछ भने आफूहरुले न्याय दिलाउने उनको भनाई छ ।

सुस्माले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएको बताइएको छन् ।
सोमवार साँझ अनिता बाँस्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता खड्का, उनका श्रीमान् विजयन्द्र सिंह रावतसहित आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पहिलेदेखिनै साथीहरुसँग रहेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा बादबिवाद भएकोर आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् ।