Monday, September 28, 2026
Home मनोरन्जन नायिकाको खोजी गदैं चलचित्र ‘आधा सुर’को टीम

नायिकाको खोजी गदैं चलचित्र ‘आधा सुर’को टीम

219

साउन १५,
काठमाडौं । चलचित्र ‘आधा सुर’ निर्माण हुने भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, शिशिर वाङदेल, सरिता गिरी, दिलिप रानाभाट, बबिता मल्ल, सुरज विष्ट लगायतका कलाकारको अभिनय रहने तय भइसकेको छ । अशिन पौडेलको निर्देशनमा बन्ने यो फिल्ममा सपनासँग जोडिएको जिन्दगीको कथा हुनेछ । चलचित्रको छायांकन पोखरा र काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ । निर्माण टिमले शीर्ष भूमिकाका लागि नायिकाको खोजी भइरहेको जनाएको छ ।