पिठोमा लुकाएर लागूऔषध ओसारपसार

490

माघ १६,
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ६ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार थिए ।
इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको अटो चेकजाँच गर्दा लागूऔषध बरामद गरेको थियो । अटोमा अवैध कारोबार हुने गरेको सूचना पाएको प्रहरीले अटोलाई निगरानीमा राखेको थियो ।