झोलामा स्रोत नखुलेको ३७ लाख

228

पुस २७,
काठमाडौं । काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-६ का रामकुमार गुरुङ रहेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक समेत बरामद भएको प्रहरीले जनाएको छ ।