पशुपतिलाई प्रहरीको मुक्का !

314

पुस २७,
काठमाडौं । नेपाल एकिकरण नेतृत्व कर्ता पृथ्वीनारायण शाहको आज २९९ औं पृथ्वी जयन्ती हो । सो अवसरमा विहानैदेखि सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्न पुग्नेहरुको चहल पहल थियो । राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कार्यकर्ता पनि बाजागाजासहित आएका थिए । तर, मुल सडक नै अवरुद्ध हुने गरी आएको र्‍यालीलाई प्रहरीले सडक पेटीतर्फ हिँडाउन खोजेपछि तनाव उत्पन्न भयो । र्‍यालीको नेतृत्व गरेका राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए । प्रहरीसंगको मूडभेड हुने क्रममा राणालाई समेत मुक्का लागेको एक प्रत्यक्षदर्शीले बताए । राजावादी र प्रहरीको धक्कामुक्की भयो । प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भए । राप्रपा कार्यकर्ताले केहीबेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरे ।