झोले सहकारीलाई खारेज गर्ने नगरप्रमुख मिश्रको चेतावनी

651

पुस २५,
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले कागजमामात्र (झोले)सिमित सहकारीलाई नगरपालिकाले कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार खरिपाटीमा झझल्को बचत तथा ऋण सहकारीको १३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख मिश्रले भने ‘कि त ती सहकारीले गतिविधी देखाउन प¥यो हैन भने हामी खारेजी गर्छौं । ’हाल नगरपालिकाको ९ वटा वडामा १ सय २२ सहकारीहरु देखिएको भन्दै उनले धेरै हुनुभन्दा एउटा समुदायमा एउटामात्र सहकारी भएको राम्रो हुने बताए । १ सय २२ सहकारी मध्य नगरपालिकाले बोलाउदा ७५ मात्र सम्पर्कमा आउने र कतिपयको भने कार्यालय समेत नभएकाले त्यस्ता कागजमा मात्र सिमित सस्थालाई खारेज गर्ने नगरप्रमुख मिश्रले चेतावनी दिएका छन् । कार्यक्रममा बोल्दै उनले भने ‘कागजमात्र भएकाहरु कि त अरुसंग मिल्नुहोस् हैन भने विघटन गर्नुहोस् । ’

४०/४२ वटा संस्थाहरु कागजमा छन्, रेर्कड छन् तर, व्यवहारमा छैनन्, भन्दै नगरप्रमुख मिश्रले तिनलाई मर्जर गर्न ठुला संस्थाहरुले प्रोत्साहान गर्नु पर्ने बताए ।
सहकारीले सदस्य संख्या बढाउने, बचत बढाउने र ऋण लगानी धेरै गर्ने कार्यक्रम भन्दापनि सामाजिक काम र रोजगार सिर्जना गर्ने तर्फ लाग्न समेत सुझाव दिएका छन् । नगर परिषदबाट युवा र महिलालाई स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले बिना धितो र व्याज समेत नगरपालिकाले तिर्ने गरेर ऋण दिने कार्यक्रम सुरु भएको समेत बताए । सहकारीको मार्फत उद्योग धन्दा खोल्न चाहेमा नगरपालिकाले जमिन उपलब्ध गराउने र पूर्वाधार समेत पु¥याइने छ, नगरप्रमुख मिश्रले भने । संस्थाका अध्यक्ष मनोज गिरीले पैसा बचत गर्नु र ऋण दिनुमात्र उद्देश्य नभएको र व्यक्तिलाई आत्मनिर्भर बनाउनु नै मुख्य काम रहेको बताए ।

झझल्को साकोसका सचिव सुरज बास्तोलाले हाल संस्थामा २ हजार २ सय ५७ जना सदस्य संख्या र शेयर रकम १ करोड ६७ लाख ७१ हजार ९ सय रुपैँया रहेको जानकारी दिए । कोरोना भाइरसको कारण भक्तपुरका सहकारीलेहरुले यो वर्षको साधारणसभा चरण चरणमा गरेर वार्षिक नीति तथा कार्यक्रम बनाउदैं आएका छन् ।