अतिक्रमित संरचना हटाएर नगरकोटमा १ सय रोपनी वनक्षेत्र खाली गरीयो

602

भदौं २,
भक्तपुर । नगरकोटका मुख्य क्षेत्र र आसपासमा वन अतिक्रमण गरेर बनाईएका भौतीक संरचना हटाएर १ सय रोपनी भन्दा धेरै वन क्षेत्र खाली गरिएको छ । आइतबार र सोमबार डिभिजन वन कार्यालय भक्तपुरको नेतृत्वमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो । नगरकोट आसपासका वन र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका घर टहरा २ सय ५ वटा घर तथा टहरा भत्काइएको डिभिजन वन कार्यालय भक्तपुरले बताएको छ ।

डिभिजन वन अधिकृत प्रेमप्रसाद खनालका अनुसार सुन्दर पर्यटकीय क्षेत्र नगरकोटका मुख्य क्षेत्रमा विगत २८ वर्ष भन्दा लामो समय देखि वनक्षेत्र अतिक्रमण गरी घर टहराहरु बनाई बसोवास र व्यवसाय चलाउँदै आएका संरचनाहरु हटाईएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बेलुका पत्रकार सम्मेलनमा खनालले भने ‘उतm क्षेत्रमा २०५ संख्यामा रहेका घर टहरा हटाइ अन्दाजी १०० रोपनी भन्दा बढी वन क्षेत्र खाली गरेका हौं । ’ स्थानीय केही व्यक्तिले नगरपालीकाको सूचनालाई अटेर गरी आफ्नो नियमित व्यवसाय संचालन र बसोबास गरिरहेका थिए । जेठ १९ गते ३५ वटा, भदौ १ गते ११५ वटा र भदौं २ गते ५५ वटा संरचनाहरु वन अतिक्रमित क्षेत्रमा रहेका घर टहराहरु डोजरको माध्ययमबाट हटाईएको उनले बताए ।

दिनानुदिन वनक्षेत्र संकुचित हुदै विनाशको क्रम वढ्ेको र नेपाल भ्रमण वषर््ा २०२० समेत उतm वन अतिक्रमण बाट प्रभावित हुन सक्ने अवस्था रहेकाले समेत उक्त कार्य गरिएको कार्यालयको भनाई छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संरचना हटाएर पर्यटकीय क्षेत्रको सौन्र्दयकरण, पूर्वाधार निर्माण, मनोरञ्जन पार्क, बगैँचा आदि समेत निर्माण गरिने बताएका छन् । पर्यापर्यटनको माध्यमबाट वनक्षेत्र संरक्षण र प्रवद्र्वन गर्न अति जरुरी देखिएको समेत नगरप्रमुख मिश्रको भनाई छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिना अन्यत्र कुनै स्थानमा घर जग्गा जमिन नभएका बास्तविक सुकुम्बासीहरुको घर टहरा भत्केको भए ५ दिन भित्र स्थानीय बासिन्दा भएको अन्य प्रमाणहरु समेत संलग्न गरी निवेदन आग्रह गरेका छन् ।