६ जना महिलालाई एकै पुरुषले गर्भवती बनाएपछि…….

152

मंसिर ११,
काठमाडौ । एक प्लेब्वायले एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरुलाई साथै उपस्थित गराउँदै उनीहरु सबैको पेटमा आफ्नो सन्तान रहेको दावी गरेका छन् । नाइजेरिका माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरुसँग सामूहिक तस्बिर समेत खिचेका छन् । र उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरे । अभिनेता विलियम्स उचेम्बाको विवाह समारोहमा शनिबार उनले यस्तो खुलासा गरेका हुन् ।

नाइटक्लबका मालिक समेत रहेका ती पुरुषले आफ्नो नामको अगाडि आफैँ ‘सुन्दरु उपनाम दिने गरेका छन् । अर्थात उनी आफूलाई ‘प्रिटी माइक’ भनी चिनाउँछन् । उनले ती ६ महिलाको गर्भ आफ्नै कारण भएको र उनीहरुले जन्माउँदै गरेका सन्तान आफ्नै भएको दावी गरिरहँदा विवाह समारोहका अतिथिहरु चकित परेका थिए । अर्को एक भिडियोमा उनी ती सबै ६ जना महिलाहरुलाई आमा बन्न लागेकोमा मुस्कुराउँदै बधाइ तथा शुभकामना दिँदै गरेको अवस्थामा देखिएका थिए । साथै उनीहरुको पेटमा चुम्बन समेत उनले दिएका थिए । यस्तो खुलासापछि उनका ३ लाख जति फलोअर्सहरुको बीचबाट उनलाई अनौठा जिज्ञासा पनि सोध्न थालिएको छ ।

एकजना फलोअरले सोधेका छन्, ुके ती सबै जना एकै हप्ता आमा बन्नेवाला छन् रुु कसैले भने ‘प्रिटी माइक’लाई मनोचिकित्सकको गहन हेरबिचार आवस्यक रहेको सुझाव दिएका छन् । उनको यस्तो गतिविधिलाई उनीहरुले मानसिक समस्या भएको टिप्पणी गरेका छन् । प्रिटी माइक नाइजेरियामा ुप्लेब्वाय लाइफस्टाइलुका लागि चर्चित छन् । उनले अघिल्लो एक पोस्टमा आफूले ५ वटी पत्‍नी बनाउन चाहेको कुरा बताएका थिए ।