केकी अधिकारीले ‘बोक्सीको घर’ बनाउँदै

146

मंसिर ११,
काठमाडौं । नायिका तथा निर्मात्री केकी अधिकारीले नयाँ फिल्म निर्माण गर्ने भएकी छिन् । केकीले नाटक ‘बोक्सीको घर’ लाई फिल्ममा उतार्ने भएकी हुन् । चार वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ लाई फिल्ममा रुपान्तरण गर्न लागिएको फिल्ममा केकीकै मुख्य भूमिका रहनेछ । केकीले बोक्सीको घरको पहिलो झलक समेत सार्वजनिक गरेकी छिन् । ‘बोक्सीको घर’ नाटकको लेखन तथा सुलक्षण भारतीले गरेका थिए । केकी अधिकारी फिल्म्सले निर्माण गर्ने यो फिल्म सुलक्षण र सुब्रतराज आचार्यको निर्देशनमा बन्नेछ । फिल्म ‘बोक्सीको घर’मा केकीसँगै अभिनेता गौरव पहारीको पनि मुख्य भूमिका रहनेछ फिल्मको छायाँकन चार महिनापछि सुरु हुनेछ । केकीले यसअघि विशाल भण्डारीसँग मिलेर ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् ।