धेरै पछि राजेश र करिश्माको जोडि यस्तो देखियो, भिडियो हेर्नुहोस्

296

मंसिर १,
काठमाडौं । दर्शकले रुचाएको राजेश हमाल र करिश्मा मानन्धरको जोडी पुनः पर्दामा प्रस्तुत भएको छ । ‘यादका लहरहरु’ गीतको भिडियोमा राजेश र करिश्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । राज सागरको संगीत रहेको गीतमा अञ्जु पन्तले स्वर दिएकी छिन् । शब्द डाक्टर प्रकाश पौडेलको छ । हरि हुँमागाईंको डिओपी र निर्देशन रहेको भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन् ।