गुट होइन, अब एजेण्डामा बहस गरौं

171

साउन १८,
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उहाँले यस्तो बताएका हुन् । नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने बेला आएको भन्दै अब पार्टीभित्रको गुट–उपगुट त्यागेर अघि बढ्नुपर्ने बताए । “जनयुद्ध र सबै खालका आन्दोलन तथा वर्ग सङ्घर्षका भोगाइबाट नेपाली मोडलको समाजवाद निर्माणको बाटो अहिलेको पुस्ताले कोर्नुपर्छ”, नेता भुसालले भने, “अब अलमल गरेर बस्ने होइन ।”