हल बन्दः ‘लक्ष्मी पूजा’ डिजिटल प्लेटफर्ममा

226

कार्तिक ७,
काठमाडौं । फूलपातीको अवसर पारेर आज शुक्रबार रिलिज हुने बताइएको फिल्म लक्ष्मी पूजा हल नखुलेको कारण विभिन्न डिजिटल प्लेटफर्ममा मात्र रिलिज भएको छ । डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीबाट एकसाथ रिलिज भएको फिल्म सलोन सलिना फिल्मस्को व्यानरमा समिर मियाले निर्देशन तथा शोभित बस्नेतले निर्माण गरेका हुन् ।
पारिवारिक कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह र बाल कलाकार आयुषी ढकालको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा छन् । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठकोद्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ ।