मुस्ताङ्गमा आर्यनसँग रोमान्टिक बनिन् मिरुना

70

भदौ ४,
काठमाण्डौ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ । रोमकोम जनरामा निर्माण भएको फिल्मको मुस्ताङ्गको चुसाङ्गमा छायांकन गरिएको ‘सिल्की सिल्की बाल’ गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र मिरुनालाई एकअर्काको अंगालोमा प्रेमिल मुद्रामा देख्न सकिन्छ ।

दुईको केमेस्ट्री गजबको देखिएको छ । झन्डै एक साता लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । निर्माण पक्ष यो गीतलाई केही दिनमै सार्वजनिक गर्ने तयारीमा छ । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । भने, राजनकै संगीत छ । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।

साम्तेन भुटिया निर्देशित यो फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् ।