‘मसँग ११ लाख छ’ भन्दै राती हल्ला गरेपछि…..

असोज ८,
काठमाडौं । सुन्धारास्थित ईशान होटलमा एउटा हल्ला सुनियो– ‘मसँग ११ लाख छ, यत्ति पैसा सचिव र महानिर्देशकलाई दिनका लागि हो ।’ बुधवार मध्यराती होटलमा यसरी हल्ला गरेको सुनेपछि प्रहरी कन्ट्रोलको १०० नम्बरमा कसैले फोन गरे– ‘सरकारी कर्मचारी लाखौं छ भन्दै हल्ला गरिरहेका छन् ।’
प्रहरी तत्काल घट्नास्थल पुग्यो । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्टलाई पक्रियो । युवतीको साथमा होटलमा मस्ति गरिरहेका विष्टको साथबाट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ बरामद गरेको छ ।

बरामद गरिएको ११ लाखसहित उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको छ । दार्चुला घर भएका ५१ वर्षीय प्रचण्डदेव विष्टलाई नियन्त्रणमा लिईएको पुष्टि गर्दै अख्तियारका प्रवक्ता ९सहसचिव० तारानाथ अधिकारीले भने– ‘११ लाख रकमको स्रोत खुलेको छैन्, थप अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौं ।’ -रातोपाटी