ड्रग्सको लतमा छ कलाक्षेत्र

350

भदौ १६,
काठमाडौं । सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआईको समूहले अनुसन्धान गरिरहेको छ र हरेक सम्भावनालाई केलाइरहेको छ । उता, यो मामिलाका मुख्य आरोपी रिया चक्रवर्तीको ड्रग्स च्याट सार्वजनिक भएपछि यो मामिलाा एनसीबीले पनि आफ्नो अनुसन्धान थालेको छ । यस्तै रियाले अन्तरवार्ताको क्रममा सुशान्तले लागुऔषध लिने गरेको बताएकी थिइन् । बलिउड र ड्रग कनेक्सनको विषयमा भारतीय च्यानल टाइम्स नाउले एक फिल्म टेक्निसियन ९प्राविधिक० सँग कुरा गर्दा उनले कलाकारले ड्रग्सबिना अभिनय गर्न नसक्ने दाबी गरेका छन् ।

प्राविधिकले भने, ‘ड्रग्स बलिउडमा निकै मामुली चीज हो अर्थात् सानाभन्दा साना कलाकार हुन् वा ठूला नाम कहलिएका, लगभग सबैजसो कलाकार यसको लतमा फसेका हुन्छन् । उनीहरु भ्यानिटी भ्यानमा ड्रग्स लिन्छन् र पार्टीमा पनि लिन्छन् । उनीहरुले ड्रग्स कुनै न कुनै माध्यमबाट पाएकै हुन्छन् । म यो क्षेत्रमा भएकमो १२ देखि १५ वर्ष बितिसकेको छ र यो अवधिमा मैले थाहा पाएँ कि सानो हुन् वा ठूला, कलाकारले जबसम्म लागुऔषध लिँदैनन् तबसम्म उनीहरु भित्रको अभिनय निस्कन पाउँदैन । ड्रग्स नखाई अभिनय गर्ने कलाकार निकै कम छन् । यत्तिका वर्षसम्म मैले देख्दै आएको छु, उनीहरुले ड्रग्स नलिएसम्म उनीहरुको वास्तविक अभिनय निस्कनै पाउँदैन । यसको बिना कलाकारले अभिनय गर्नु भनेको असम्भव जस्तै हो ।’ -rat