नेपालमा अवैधानिक गतिविधिमा संलग्न रहेका २ जना पाकिस्तानी नागरिक पक्राउ

72

साउन १४,
काठमाडौं ।नेपालमा अवैधानिक गतिविधिमा संलग्न रहेका २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक सोहेल फिरोज र खासिफ पर्वेज छन् । उनीहरुलाई अहिले अध्यागमन विभागको हिरासतमा राखिएको जनाइएको छ । अध्यागमन विभाग स्रोतका अनुसार उनीहरुलाई अहिले पाकिस्तान डिपोर्ट गर्ने तयारी भइरहेको छ ।

अध्यागमन विभागले गुपचुप रुपमा उनीहरुलाई पाकिस्तान डिपोर्ट गर्ने तयारी गरेको हो । पक्राउ परेका पाकिस्तानी नागरिकहरु नेपालमा कस्तो प्रकारको गैरकानूनी कार्यमा संलग्न थिए भन्ने विषय खुलाइएको छैन । सो विषयमा बुझ्न खोज्दा अध्यागमन विभागका महानिर्देशक (सहसचिव) ईश्वर राज पौडेलको फोनमा सम्पर्क हुन सकेन ।

यद्यपि अध्यागमन विभागले भने २ जना पाकिस्तानी नागरिक पक्राउ परेका पुष्टि गरेको छ । ‘उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ,’ अध्यागमन विभागका एक अधिकारीले भने ।