चाँगुनारायण मन्दिर देखि नगरकोट सम्म पदयात्रा सम्पन्न

607

पुस १२,
भक्तपुर । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै चाँगुनारायण मन्दिर देखि नगरकोट सम्म पदयात्रा सम्पन्न भएको छ । शनिबार चाँगुनारायण मन्दिर देखि सुरु भएको पदयात्राको उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले गरे । उनले अन्य प्रदेशको भन्दा तीन नम्वर प्रदेशको कुल गायस्थ उत्पादन एक प्रतिशतले बढि भएको बताए । उनले भने हामीले पर्यटनलाई ब्यवस्थित गर्न सके हाम्रो कुल गायस्थ उत्पादन ११ प्रतिशतमा पुञ्याउन सकिन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर क्षेत्र नम्वर १ क का प्रदेश सभा सदस्य कृष्णलाल भंडेलले समयमा नै नगरकोटको सडक निर्माण हुन नसक्दा पर्यटन वर्षलाई असर पर्ने बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले नगरमा पर्यटन प्रर्वद्दनका लागि विभिन्न पदमार्गको विकास, होम स्टेको विकासमा नगरलागि रहेको बताए । चाँगुनारायण आफैमा पर्यटकिय गन्तब्य भएको र अन्य गन्तब्यको विकासमा समेत आफूहरु सक्रिय छौं, उनने भने । नगरकोट सँगै चाँगुनारायणका हरेक क्षेत्रको पर्यटन प्रवर्दनका लागि आफूहरुले यो पदयात्रा गराएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले बताए । उनका अनुसार पर्यटकको अवको गन्तब्य भनेको केवल हरियाली हेर्दै ग्रामिण पर्यटनको मज्जा लिदै स्थानीय खानपानको स्वाद लिनु भएकाले यसको उपाय भनेको हाम्रा हरियाली क्षेत्रको अवलोकन गर्दै पदयात्रा गराउनु नै हो ।