पर्व सुधार अभियानः आजै राखियो जमरा

पर्व समय सुधार राष्ट्रिय समाज नेपालको पहलमा मिति २०७७ साल आश्विन २ गते शुक्लपक्षको प्रतिपदामा देशको विभिन्न भूभागका साथै विदेशहरुमा पनि घटस्थापना गरिएको छ । यस सम्बन्धमा पर्वसमय सुधार राष्ट्रिय समाज नेपालका महासचिव बलराम श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानीः

(१) पर्व समय सुधार किन ?
पहिले पहिले हाम्रो चाडपर्वहरु ग्रहस्थितिसँग ठ्याक्कै मिल्ने गर्दथे । पछिल्लो पटक सुधार भएपछि माघ १ उत्तरायण (छोटो दिन), श्रावण १ दक्षिणायन (लामो दिन) र वैशाख १ र कात्तिक १ (दिन र रात बराबर) हुने गरी समय मिलान भएको थियो । हाल आएर यी दिनहरु पुष ६, असार ६, असोज ६ र चैत्र ६ गते अगाडि आईसकेको छ । त्यस्तै चन्द्रमास अनुसार विचार गर्ने हो भने पुरै चन्द्रमास वर आईसकेको अवस्था छ । यहि विग्रिएको समयलाई मिलान गर्नु हाम्रो वैद्धिक परम्परा नै हो । विगतमा हाम्रो पूर्वजहरुले मिलाएको समयलाई हाल आएर हामीहरुले मिलाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

(२) हाल पात्रोको अवस्था के छ ?
हाल पात्रोको अवश्था हाल सायन संकान्ति र निरयण संकान्ति अलग अलग चान्द्र महिना वा पुर्णिामा क्षेत्रमाहरूमा पुगिसकेको छ। फलित ज्योतिषबाट प्रयोग हुनेसायन लग्न कुन्डलि र निरयण चन्द्र राशि कुन्डलिमा मेल छैन। अयनॉशको अधिकतम सिमा १५ अंश हो। २१५० बर्ष मा ३० अंश दिनको फरक पर्न जाने र हाल २४ अंशको फरकभै आफ्नो सिमा उलंघन भैसकेकोछ। तेस्रो शताब्दीमा महर्षि बराहमिरले बैद्वाग वैदिक ज्योतिषमा कृतिकाबाट आश्वनाद्वि सारी सुर्य सिद्धान्त बमोजिम एक महिना करिव सुधार गरे, तत्पश्चात् सुधार हुन नसकि यत्तिकै बॉकि रहेको छ।

(३) पात्रो सुधार किन आवश्यक छ ?
हिन्दु, बौद्व दर्शनको बिवेचना अनुसार पृथ्विबाट इन्द्रिय , चन्द्रबाट मन र बुद्धि, सुर्यबाट आत्मा हुन्छ भन्ने बिश्वास छ। हाल हाम्रो पात्रो व्यवस्था पृथ्वीबाट उत्पन्न ऋतुसंग संकान्ति र तिथि परिचालित नमिलेको कारणबाट इन्द्रियको शक्ति केहि अभाव होला रु मन र बुद्धि बिग्रेर अर्थिक, भौतिक बिकाश हुन नसकेको अनुमान गर्न सकिन्छ। यो सुधारपछि नैतिकता को स्थापना हुनुका साथै भौतिक वा आर्थिक बिकासमा उल्लेखनिय हुनेमा आशा गर्न सकिन्छ।

(४) पर्व समय सुधारमा अधिकमास पुरूषोतम मासको नै प्रयोग किन ?
धार्मिक कार्यक्रम नटुटोस् भन्नको लागि पुरूषोतम महिना अधिकमासलाई सामान्य मास मान्नु परेको हो किन भन्ने बि स २०७७ को कुरा गरौं चन्द्र मासमा दुईवटा आश्विन महिना हुन्छ एउटालाई हटाई दिए कुनै महिनाको कर्म पनि छुटिदैन भनेर हो। यो एक पटकलाई मात्र सच्यॉई दिए पुग्छ। अर्को २१०० बर्षपछि त्यस बखतको समुदायले सच्यॉउलान्।

(५) पूर्णिमा सरेको कसरी थाहा हुन्छ ?
सर्वप्रथम पूर्णिमा क्षेत्रको विषयमा जानकारी हुनु जरुरी छ । जस्तो की असार पूर्णिमा क्षेत्र साउन १५ बाट असार १५ हो भने जेष्ठ पूर्णिमाको क्षेत्र असार १५ बाट जेष्ठ १५ हो । सायन सूर्य साउन १५ बाट असार १५ भित्र रहेको अवस्थामा असार पूर्णिमा क्षेत्रचाँहि दक्षिणायन लामो दिनसँग सम्बन्धित पूर्णिमा हो । हाल सायन सूर्य असार १५ बाट तल झरी असार ६ मा आई पुगिसकेको र सो क्षेत्र असार पूर्णिमा क्षेत्रमा नपरी जेष्ठ पूर्णिमा क्षेत्रभित्र परेकोले असार पूर्णिमा लामो दिन सम्बद्ध पूर्णिमा नभई जेष्ठ पूर्णिमा लामा दिन सम्बद्ध पूर्णिमा हो । त्यसको जानकारी दिनको लागि हाम्रा पूर्वजहरुले रातो मच्छिन्द्रनाथको यात्रा ६ महिना उत्तरायण पूर्णिमा (मंसिर पूर्णिमा) र ६ महिना दक्षिणायन बास भनेर बुङ्गमती लाने चलनका साथै जेष्ठ पूर्णिमाको दिन पाटन दरबार अगाडि राजा श्रीनिवास मल्लको करिब ४ सय वर्ष अगाडिदेखि वर्षा ऋतुको आगमनको स्वरुप मेघमल्लाहार राग गाउने चलन छ । सो गाएपछि वर्षा हुन्छ भन्ने जनस्तुती छ । जय सर्व मंगलम् भवतुस् ।