मनाङको ताचैमा स्याउ पाकेपछि, तस्विर हेरौं

304

असोज १,
मनाङ । मनाङको नासों गाउँपालिका वडा नम्बर ८ मा रहेको ताचै गाउँमा यतिबेला स्याउ टिप्ने समय भएको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा गरिने एक मुख्य कृषिवालीको रुपमा स्याउखेति रहेको छ । ताचै गाउँका सोल बहादुर गुरुङ्गले भने ‘हामी गाउँमा गोल्डेल, फुजी र गाला प्रजातिका स्याउ रोपेका छौं ।’
पोहोर साल देखि सानो क्षेत्रमा सुरुवात गरी रोपेको यो बर्षा देखि स्याउ ठुलो राम्रो फलेको छ, अब बिस्तारै यो व्यवसायीक रुपमानै रोप्ने तयारी भईरहेको गुरुङ्गको भनाई छ ।
गाला प्रजातिका स्याउ अन्यभन्दा चाडैं पाक्ने भएर प्रायः किसानहरुले टिपिसेका छन् । फुजि जातिको स्याउ पछि पाक्ने भएर केही समयपछि मात्र टिप्ने किसानहरुले जानकारी दिएका छन् ।

ताचै गाउँमा होमस्ट
गत चैतभन्दा अगाडीसम्म ताचैको होमस्टे (घरबास) ले स्वदेशी र बिदेशी पर्यटकहरुको रोजाईमा पर्ने गर्दथ्यो । कोरोनाको कहरले विश्वले त्यसमा असर परेको छ ।
बेशीशहर (चामे सडक खण्डको एक्लेभट्टि भन्ने स्थानबाट करिब ४० मिनेटको पैदलमा उक्त होमस्टेमा पुग्न सकिन्छ । गुरुङ र घले समुदायको बाक्लो बस्ती रहेको ताचैमा हाल २६ घरमा होमस्टे संचालन भईरहेको ताचै होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याद घलेले बताए ।
पर्यटकीय जिल्ला भएकाले पनि मनाङमा बाह्य तथा स्वदेशी पाहुनाहरुको बाक्लो उपस्थिती हुने गरेकाले गुरुङ समुदायको रितीरिवाज र परम्परा अनुसार स्वागत संत्कार र विदाई गरिने घलेको भनाई छ । एक तथ्यांक अनुसार एक वर्ष करिव २९ हजार विदेशी मनाङ पुगेका थिए । हजारौं संख्यामा नेपालीहरु समेत उक्त जिल्लामा भ्रमण गर्न जाने थालेका छन् ।
तस्विर सौजन्यः सोल बहादुर र शान्ता गुरुङ्ग