टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

174

भदौ २८,
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं।को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं।स्कुटीमा सवार प्रहरी जवानलाई ठक्कर दिँदा उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ । अर्की एक प्रहरी जवान घाईते भएकी छन् । घाइते हुनेमा रुपन्देहीको सैनामैना नपा ४ बस्ने वर्ष २३ की प्रहरी जवान सन्तोषी थारु रहेकी छिन् ।

मृतक श्रेष्ठ ईलाका प्रहरी कार्यालय बुर्तिवाड। बाग्लुड दरबन्दी रही हाल जिल्ला प्रहरी कार्यालय बाग्लुडमा कार्यरत थिए । घाईते थारुको दरबन्दी ईलाका प्रहरी कार्यालय बलेवा बाग्लुङ दरबन्दी रही हाल जिप्रका।बाग्लुङमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।