कविताः शिक्षा

373

-विदुर प्रसाद तिमिल्सिना
भोकमा भोजन प्यासमा पानी पाउनु पर्छ
मानव नै भएपछि सबैमा मानवता हुनु पर्छ।

चिसो चुह्लोमा आगो बल्नलाई
सबैलाई रोजगारीका अवसर मिल्नु पर्छ।

नवीन मूल्य तोक सबै पक्षको
शिक्षामा सबै सहभागी हुन पाउनु पर्छ।

आफू सिन्को नभाँच्ने ब्यक्तिहरूबाट
अरूलाई उपदेश दिने काम बन्द हुनु पर्छ।

धेरै गल्ती गरेँ होला मैले पनि
उम्कने सबै बाटाहरू अब बन्द हुनु पर्छ।
परम्परागत नातावाद,कृपावाद त्याग गरेर

नवीन चिन्तनको ढोका अब खोल्नु पर्छ।
दासतारुपी चिन्तनलाई उखेलेर अब
स्वाभिमानी, प्रवीण चिन्तन शिक्षामा हुनु पर्छ ।

भक्तपुर