Sunday, September 27, 2026
Home समाचार आज मात्र कोरोनाबाट १२ जनाको मृत्यु, ९२७ जना संक्रमित थपिएका

आज मात्र कोरोनाबाट १२ जनाको मृत्यु, ९२७ जना संक्रमित थपिएका

151
फाइल तस्विर

भदौ १२,
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् ।

बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । प्रवक्ता डा गौतमले आज ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।