कविताः लुट्नेहरुलाई अवसर छ यहाँ

263

-हेमराज ढकाल ‘सुमन’

लुटनेहरुलाई अवसर छ यहाँ
त्रास देखाई-देखाई जनतालाई लुटिन्छ कहाँ ?

आफ्नालाई सधै काखी च्यापेर यहाँ
खाउ-खाउ, लाउ-लाउ भनिन्छ जहाँ ।

मरे पनि भोकै मरुन जनता यहाँ
उनको सामराज्य ढल्दैन त्यहाँ ।

मुक्ति र विभेदका लगाउदै यहाँ
सधै सिधासाधा मारिन्छ जहाँ ।

साशकका ज्यादती कति यहाँ
यसरी सहने जनता पाउछौ कहाँ ?
काभ्रे, हालः भक्तपुर