उपत्यकामा आज थपिए ३०१, भक्तपुरमा २४ जना कोरोना संक्रमित

136

भदौ १०,
काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै उपत्यकासहित देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ।