Friday, September 25, 2026
Home प्रदेश गण्डकीमा प्रदेशमा १९३६ कोरोना संक्रमितः लमजुङमा एकैदिन सेनाका १७ जनामा संक्रमण

गण्डकीमा प्रदेशमा १९३६ कोरोना संक्रमितः लमजुङमा एकैदिन सेनाका १७ जनामा संक्रमण

499

भदौं १०,
पोखरा । गण्डकी प्रदेशमामा कोरोना संक्रमितको संख्या १९३६ पुगेको छ । त्यहाँ निको हुनेहरुको संख्या एक हजार ६४३ पुगेको छ । लमजुङमा १७ नेपाली सेनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङसँगै थप १७ जनामा संक्रमण देखिएको हो ।

लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । बेसीसहर–८ का अन्य दुई जनामा पनि संक्रमण देखिएको छ । पोखरामा स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम जारी छ । पोखरा महानगरपालिका–११ मा स्थित साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। विनोदविन्दु शर्माले पुष्टि गरेका छन् ।

यसअघि यहाँको गण्डकी अस्पताल,कास्की सेवा अस्पताल, मनाङ र बागलुङका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । कास्कीको मादी गाउँपालिकाका अर्का ३९ वर्षीय पुरुष भने दुबईबाट आएका हुन् । नवलपरासीको गैंडाकोटकी ४० वर्षीया महिला पनि संक्रमित हुँदा गण्डकीमा थप २३ जना संक्रमित बढेका छन् ।