वर्षातको समयमा कतै जादैं हुनुहुन्छ ? यी कुरा याद गर्नु होस्

220

-नयाँ नेपाल न्यूज
साउन ५, काठमाडौं । केही दिन यता लगारतार झरी परिरहेको छ । जल तथा मौसमपूर्वानुमान शाखाका अनुसार यो क्रम केही दिन जारी रहन्छ । त्यसैले घरबाहिर जादाँ धेरै कुराको ख्याल गर्नु पर्दछ ।

-जाने ठाउँको सडकको अवस्था कस्तो छ ?
-पहिरो बाढीको जोखिम छ की छैन् ? थाहा पाउनु उचित हुनेछ ।
-यदि कुनै समस्या भएमा सम्बन्धीत जिल्लाका उद्धार प्रतिनिधी वा सुरक्षाकर्मीको सम्पर्क नम्बर लिएर हिडनु पर्दछ ।
-सडकको अवस्था बुझ्न ट्राफिक प्रहरीको १०३ र आपतकालिन अवस्थामा साहायता माग्न नेपाल प्रहरीको फोन नम्बर १०० याद गर्नु पर्दछ ।
-खोलाको किनार नजिकै बनेका सडक र पाहाडमा बनेका घुमाउरा सडकमा जोखिम धेरै हुने भएकाले यात्रा गर्दा संवेदनशिलता अउनाउनु उचित हुने छ ।
-यस्तो अवस्थामा सकेसम्म यात्रा नगर्दा उचित हुनेछ । यदि कहि जानै परेका एक जना साथी लिएर जानु राम्रो हुन्छ ।
-साथमा प्राथमिक उपचारको सामान बोक्नु पर्दछ ।
-खानेकुरा र पानी त साथ हुनु अति आवश्यक हुन्छ ।
-कोरोनाको जोखिम हुनाले मास्क, सेनेटाइनर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्री लिएर हिडनु राम्रो हुन्छ ।