Tuesday, September 29, 2026
Home समाचार मण्डनदेउपुरमा वडाअध्यक्ष ढकालले किन छोडे आफ्नो घर ?

मण्डनदेउपुरमा वडाअध्यक्ष ढकालले किन छोडे आफ्नो घर ?

1101
खाटचौरमा पहिरो गएपछि नियाल्दै स्थानीय, तस्विर केदार ढकाल

खाटचौरका २५ घर पहिरोको उच्च जोखिममा
साउन २२,
काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ का करिब २५ घर उच्च जोखिममा परेका छन् । वडाअध्यक्ष नेत्रप्रसाद ढकालले  भने ‘खाटचौर एउटै टोलका १४ घरमा बस्न सक्ने अवस्था भएन ।’ ‘लगातार पानी परिरहेकाले मैले पनि मेरो घरमा आजबाट बस्न छोडे,’ वडाअध्यक्ष ढकालले भने ।विहिबार बिहानबाटै उच्च जोखिममा रहेको घरधनीहरुलाई अन्यत्र बस्न भनेपनि कतिपयले भने नमानेका र मानविय क्षति नहोस् भनेर आफु लागिरहेको वडा अध्यक्ष ढकालको भनाई छ ।

वडा नम्बर ५ को सबै टोलमा गरेर २५ घर पहिरोको उच्च खोजिममा रहेको वडाअध्यक्षले बताए । ठुलो पाहाड मुनी बस्ती भएकाले लगातरको वर्षातमा ठुलो क्षति हुन सक्ने भन्दै स्थान्ीयहरु त्रसित भएका छन् । पहिरो जानबाट जोगाउन र धनजनको क्षति नहुन दिन नगरपालिका, वडा र स्थानीयहरु लागिपरेका छन् । पहिरो पीडित स्थानीय केदार ढकालका अनुसार घर माथीको पाहाड कुन बेला झर्छ ठेगान नभएको र बस्तीको दायाँबायाँ पहिरो गइरहेको छ ।

लगातार परेको वर्षातका कारण पहिरो जादाँ मण्डनदेउपुर नगरपालिका विभिन्न वडाहरुमा बाढी पहिरोको उच्च जोखिममा परका छन् । इन्द्रावती, ढाडखोला, चाखोलालगायतमा बाढी आउदाँ किनारामा रहेको धान खेतमा बाढी पसेको छ ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाका अनुसार वडा नम्बर १, ५ र १० मा पहिरोका कारण बस्तीनै जोखिममा परेका छन् । केही दिन अगाडी सोही नगरपालिकाको वडा नम्बर १ हलेदे बस्ताकोटी टोलमा समेत पहिरोको उच्च जोखिम भएपछि ७ वटा घरमा बस्दै आएकाहरुलाई अन्यत्र सारिएको थियो ।वडा नम्बर १ को खोरङ्गमा केहीघर, ५ को खाटचौरमा २५ घर र १० नम्बर वडाको नारिन खर्कमा १३ घर पहिरोको उच्च जोखिमा परेका छन् ।

‘हालसम्म मानविय क्षति भएको छैन तर, भौतिक क्षति ठुलो भएको छ हामी जोखिममा बस्तीलाई अन्यत्र सार्ने प्रयासमा छौं,’ नगरप्रमुख वाइवाले भने ।वडा नम्बर ६, ७, ८ र ९ मा बाढी आउदाँ खेत पुरिएको र किसानले लगाएको संयौं रोपनी धान खेत र तरकारी वाली नष्ट भएको नगरप्रमुखले वाइवाले जानकारी दिएका छन् । चाखोलामा आएका बाढीका कारण वडा नम्बर ११ मा रहेको पुलमा समेत क्षति पुगेको छ । चाखोलाबाट राम्चे जाने पुलमा क्षति पुगेको वाइवाले बताए ।