उपत्यकाका खोलाको जलस्तर बढ्दो, सचेत रहन आग्रह

103

साउन ५,
काठमाडौँ । उपत्यकाका धेरै स्थानमा यतिबेला मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षासँगै काठमाडौँमा बग्ने खोलाहरुको जलस्तर बढ्दो क्रममा रहेको छ । महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा उपत्यकाको धेरै स्थानमा मध्यम वर्षा मापन गरिएको हो । अहिले विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायतका खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडक सम्म आउन सक्ने महाशाखाले जनाएको छ । अर्को ३ घण्टा सतर्क रहन महाशाखाको अनुरोध छ ।