Thursday, October 1, 2026
Home समाचार नेपालमा कोरोना संक्रमणः आज १०८ जना कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमणः आज १०८ जना कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

161

असार २५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४र४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बागलुङ र दैलेखमा ३र३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २र२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, नवलपरासीपूर्व र दार्चुलामा १र१ जनामा संक्रमण भएको छ ।

बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् । हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् । नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।