देवर र भाउजु किन झुण्डिए रुखमा ?

299
सांकेतिक तस्विर

असार ८,
ईलाम । इलाम माङसेबुङ गाँउपालिका-६ स्थितमा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत पेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन । हिजो बिहान कोहि कसैलाइ नसोधि घरबाट हिडेका देवर भाउजु बेलुकासम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा आज बिहान साढे ११ बजे घरदेखी करिव ७ सय मिटर टाँडा दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरिको पासो लगाइ झुण्डीएको अवस्थामा दुबै जनालाई फेला पारिएको भनि प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई घटनास्थल शुरक्षित राखी घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।