भक्तपुरमा खुल्यो अहिले सम्मकै भिन्न खाजाघर

1161

नयाँ नेपाल न्युज
फागुन ३०,
भक्तपुर । विदेशबाट फर्किएका युवाहरुले स्वदेशमै केही गर्ने सोचले भक्तपुरमा फरकशैलीको खाजाघर संञ्चालनमा ल्याएका छन् ।
सूर्यविनायकको गपलीमा बुधबारदेखि विधिवत रुमपा संञ्चालनमा आएको मुरी हाउस डि केबाब भक्तपुरमा फरकशैलीको खाजाघर हो ।
इश्वर खड्का, सन्तोष थापा, सञ्जिव के.सीलगायतका ११ जना युवाहरुले बनाएको यो सोच पुरा भएमा नेपालका अन्य २० मुख्य शहरमा यस्ता खाजाघर संञ्चालन हुनेछन् ।
यो समुहमा रहेका अधिकांश युवाहरु विदेशमा सिकेका ज्ञान, सिप र अनुभवलाई प्रयोग गर्दै नेपालमा रोजगारी सिर्जना अभियानमा लागेका छन् ।
‘आफ्नैदेशमा केही गर्ने मनशायले हामीले यो संञ्चालन गरेका हौ, केही समयपछि नै हामी काठमाडौं र ललितपुरमा समेत ब्रान्च बिस्तार गर्दै छौं,’ सो संस्थाका अध्यक्ष इश्वर खड्का भने ।
पूर्ण रुपमा पारिवारीक वातावरण रहेको सो मुरी हाउसमा धुप्रपान र मद्यपान निषेश गरिएको छ ।
भक्तपुरको विषेश नेवारी सहित अन्य परिकारको मज्जा लिन सकिन्छ । स्थानमा सफा, गुणस्तरीय र स्वास्थ्यकर खाजा पाईने हाल हाउसमा हाल १६ जना युवायुवतीले रोजगारी पाएका छन् ।