Saturday, October 17, 2026
Home कृषि भक्तपुरका किसानलाई यस्तो चिन्ता

भक्तपुरका किसानलाई यस्तो चिन्ता

284

असार १,
भक्तपुर । यो वर्ष समयमै वर्षात भएकाले जेठ महिनाको अन्तीम सातासम्म भक्तपुरमा धेरै रोपाई भइसक्ने देखिन्छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर र भक्तपुरका किसानहरु यतिबेला खेतमा भेटिन्छन् । फाँटभरि किसानका हुल देखिन्छन् । कोही किसान आली लागाई रहेका छन् त कोही बिउ काट्दै छन् । ट्याक्टर लगाएर हिलाउदैं गरेका लाठे र हातमा बिउ लिएर रोप्र्दैं गरेका रोपार भेटिन्छन् । गतवर्षसम्म रोपाई गर्ने बेलामा पानी नभएर चिन्तित हुने भक्तपुरका किसानलाई यो वर्ष भने वर्षातले साथ दिएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५, का किसान शिवकुमार किवाछेले भने‘ पानी त प¥यो तर, धानको बिउ रोप्न हुने भएको छैन् ।’ सामान्यता धानको विउ राखेको २० दिन पछि बिउ रोप्न मिल्ने भएपनि यो वर्ष पानी समयमै आउदैन कि भनेर गतवर्ष जस्तै ढिला बिउ राखिएको किसानहरुको भनाई छ । तर, आकाशबाट निरन्तर पानी परिरहेकाले किसानहरु खुसी छन् । जिल्लाका धेरै जसो धानखेतमा आकाशेपानीको भरमा रोप्ने गरिन्छ ।
यो वर्ष करिब तीन महिना हुन लाग्यो बन्दाबन्दी भएको त्यसैलेपनि अधिकांश मानिसहरु काम नभएकाले खेतकै काममा सक्रिय भएर लागेका छन् ।
‘घर बाहिर जाउँ भने कोरोनाको त्रास छ, नजाउ भने रोपाई गर्नु पर्छ, कटुन्जे तीनधाराकी किसान सरिता केसीले भनिन् ।’ समयमै मल, बिउ उपलब्ध भएर धान रोप्न थालिसकेकाले यो वर्ष धानको उत्पादनमा वृद्धि हुने भक्तपुरका किसानहरुले विश्वास लिएका छन् ।
यो भक्तपुरका कतिपय स्थानमा खेत मासेर गरिएको जग्गा प्लानिङ्गमा पनि किसानहरुले खनजोत गरेर रोपाँई गर्न तयार बनाएको छन् ।