नेपालमा कोरोना संक्रमणको आजसम्मको ताजा अवस्था यस्तो छ, हेरौं

303

असार १,
काठमाडौं । नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ६० पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।