आज बिहानै थपिए ३८ नयाँ कोरोना संक्रमित

211

जेठ २५,
काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बाग्लुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

प्रवक्ता शर्माका अनुसार संक्रमितहरुमा स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२,३८, ३१, २५,२७,४६,३७,२१, १८ र ३२ वर्षीय पुरुषहरु र भिरकोट नगरपालिकाका ४६ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, बाग्लुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९ वर्षीय पुरुषहरु र १ जनाको उमेर नखुलेको बताइएको छ । यसैगरी, सोही जिल्लाको ढोरपाटन नगरपालिकाका २६ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो । यता, गोरखा जिल्लाको पालुङटार नगरपालिकाका १७ वर्षीय पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसैगरी, नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । -ratopati