संघीय सरकारलाई मध्यपुरका मेयरको यस्तो चुनौती

430

जेठ २०,
भक्तपुर । नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८को बजेट भाषणमा उपत्यकामा चारवटा नयाँ शहर(स्मार्ट सीटी) बनाउने भनेर उल्लेख गरेको छ । तर, सरकारको यो घोषणालाई भने स्थानीय सरकारले चुनौती दिएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले स्थानीय सरकारसंग समन्वय नगरी नयाँ शहर बनाउन खोजेमा र्दुभाग्य हुने चेतावनी दिएका छन् ।
फोटा पत्रकार महासंघद्धारा संचारकर्मीलाई प्रेस ज्याकेट तथा स्वास्थ्य सुरक्षा समाग्री वितरण कार्यक्रममा बोल्दै उनले भने ‘समन्वय नगर्ने हो भने स्मार्ट सीटीलाई बनाउन एक इन्चपनि जमिन दिदैनौ’ ।
डीपीआर स्विकृत गर्न र १ लाखभन्दा बढि रोपनी जग्गा ९ वर्षभन्दा लामो समय रोक्का गर्ने तयारी भएकाले सर्वसाधरणलाई ठुलो असर पर्ने उनको भनाई छ ।

‘हामी नयाँ शहर बनाउने कुराको विरोधी हैनौं तर, स्थानीय सरकारसंग समन्वयनै नगरी काम गर्नु उचित होइन भनेर उपत्यका नगर फोरमले भन्दै आएको छ,’ नगर प्रमुख श्रेष्ठले भने ।
तीन पटक खारेज भएर पनि बल्ल–बल्ल जोगिएर आएको उपत्यका विकाश प्राद्यिकरण र त्यसका प्रमुख भाइकाजी तिवारी मार्फत काम नहुने समेत उनको भनाई छ ।
नगरप्रमुख श्रेष्ठले उपत्यका विकाश प्राद्यिकरण २०४५ सालमा राजा विरेन्द्रले जारी गरेको ऐनमा टेकेर काम गरिरहेको समेत बताए ।

कार्यक्रममा बोल्दै उनले भने ‘१० वर्ष अगाडीको डीपीआरको फोटो देखाएर अहिलेको अवस्थामा काम हुन सक्दैन्, फोटो त रामै्र होला ’मध्यपुरका पुरानाबस्ती हुदैं जाने सडक ११ मिटर कायम गरेर कालोपत्रे गर्न त आफु पटक पटक धाएको हाल नयाँ शहरमा उक्त सडकको मापदण्ड ३० मिटर राखिएकोमा त्यो व्यवहारी नहुने उनको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धुव्र आले, फोटो पत्रकार महासंघका भक्तपुरका अध्यक्ष रत्न श्रेष्ठले वर्तमान समयमा पत्रकारहरुलाई निकै चुनौती भएको बताए ।
सो अवसरमा भक्तपुरमा कार्यरत पत्रकारहरुलाई प्रेस ज्याकेट, सेनेटाइजर, मास्क वितरण गरिएको थियो ।