काभ्रेको सल्लेबासमा बुद्धको प्रतिमा राखिने, सहयोग गर्न सबैमा अपिल

820

जेठ २१,
काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नम्बर– ५ सल्लेबासमा भगवान गौतम बुद्धको प्रतिमा राखिने भएको छ । स्थानीय युवाहरुले सल्लेबासमा राखिने बुद्धको प्रतिमाकालागि सहयोग गर्न सबैसंग आग्रह समेत गरेका छन् । उनीहरु राजु लामाको संयोजकत्वमा ११ सदस्य रहेको आर्थिक समिति समेत बनाएका छन् । ५ हजार रुपैयाँ नगद वा सो भन्दा बढि रकम तथा निर्माण सामाग्री सहयोग गर्नेको नाम शिलालेखमा राखिने समेत उल्लेख गरिएको छ । बुद्धको प्रतिमा जमिनबाट ११ फिट उचाईको हुने स्थानीय रामकुमार मोक्तानले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।