उपत्यकामा अब यस्तो हुनेछ, मोटरसाइकल र टिपर चल्ने व्यवस्था

194

कार्तिक ९,
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।अब भने टिपरलाई २४ घन्टै चल्न दिने तयारी छ । यसका लागि मोटरसाइकल र टिपरलाई फरक फरक ट्राक तोक्ने तयारी छ । मुख्य सडक बनेपा बजारबाट साँगासम्म सर्भिस ट्रयाकमा चलाउने, भक्तपुरको सुर्यविनायक-कोटेश्वर, ललितपुर सातदोबाटो, ग्वार्को क्षेत्रमा भने मुख्य सडकका सर्भिस ट्रयाकमा मोटसाइकल मात्र चलाउन दिने तयारी छ । यो १० दिनको अवधीमा सडक लेन व्यवस्थित गर्ने र अरु टिपर पनि चलाउन दिने तयारी छ ।

मोटरसाइकल र टिपर फरक फरक सडकमा गुडेपछि दुर्घटनामा कमी आउने सरकारी अधिकारीहरुको दाबी छ । काभ्रेबाट मात्रै दैनिक १४ सयभन्दा बढी टिपर राजधानी भित्रन्छ । पहिलो चरणमा शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाको २४ वटा टिपर चल्ने भएका छन् । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीहरुले राजधानी भित्रिने ट्रिपरहरुको वैकल्पिक मार्ग खोजी गरेका थिए । ४ जिल्लाका सीडीओले ग्वार्खो-लाकुरीभञ्याङ-कुशादेवी-पनौती सडक खण्डको स्थलगत अवलोकन समेत गरेका थिए ।
तर, टोलीले लामाटार र लाकुरीभञ्ज्याङको सडकमा टिपर चलाउन नसकिने निष्कर्ष निकालेको छ ।

लगतै गृह मन्त्रालयमा टिपरमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको थियो । छलफलमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार शुक्रबारदेखि चक्रपथ सुधार आयोजनाका २४ वटा टिपर सञ्चालन हुनेछन् । आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि टिपर सञ्चालन गर्न लागिएको हो ।