Tuesday, September 22, 2026
Home अपराध मकैबारीमा घाँस काटीरहेकी महिलालाई

मकैबारीमा घाँस काटीरहेकी महिलालाई

215

जेठ १८,
उदयपुर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।