Tuesday, September 22, 2026
Home समाचार धावन मार्गको बिस्तारसंगै कालोपत्रे निर्माणकार्य सम्पन्न

धावन मार्गको बिस्तारसंगै कालोपत्रे निर्माणकार्य सम्पन्न

414

जेठ १८,
काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण तर्फ ३ सय मिटर बिस्तारीत धावनमार्गको कालोपत्रे गर्ने कार्य हालै सम्पन्न भएको । अन्तर्राष्ट्रिय हवाई नागरिक उड्डयन संगठन(ICAO) को मापदण्डअनुसार धावनमार्गको अन्तिममा आवस्यक सुरक्षाक्षेत्रको लागि यो बिस्तार गर्न आवश्यक रहेकोे थियोे । बिस्तारित धावनमार्गका कारण उडान गर्दा थप लम्बाइ प्राप्त भई हवाई सुरक्षा बढाउने कार्य गर्दछ। निर्माणकार्य नेपाली निर्माण कम्पनी कालिका तुदी जेभी र उपनिर्माण एवान बिल्डर्स प्रालिले गरेको थियोे ।

कोरोना भाइरस ( कोभिड १९) का कारण बन्दाबन्दीले बिश्वनै प्रभावित भैरहेको भेला सो निर्माणकार्य सम्पन्न हुनुलाई सकारात्मक रूपमा हेरिरहेको छ। आवश्यक सुरक्षा प्रबन्ध मिलाएर बन्दाबदीको यश समयमा पनि बिकास निर्माणकार्यलाई निरन्तरता दिन सकिन्छ भन्ने बलियो उदाहरण यो आयोजना भएको छ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रोकिएको बेलाको सही सदुपयोग पनि भएको छ।

अब धावनमार्गमा बत्ती(लाइट) राख्ने काम बाकी रहेको छ।युरोपेली मुलुकहरूबाट सामान आयात गर्नुपर्ने भएकोले सामानको उपलब्धता भएको दुई महिनामा काम सम्पन्न हुने तयारीमा रहेकोे कम्पनीका प्रतिनिधि ई. काशीनाथ डोटेलले जानकारी दिए।