मण्डनदेउपुर नगर अस्पतालः न उपचार, न स्वास्थ्यकर्मी जनतालाई दुःख मात्रै

237

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले एक आधारभूत अस्पताल संचालन गरेको छ । आधारभूत स्वास्थ्य सेवा दिने भनेर खोलिएको यस अस्पतालमा स्वास्थ्यकर्मी समेत चाहिँएको समयमा जनताले भेटाउन मुस्किल हुने गरेको स्थानीयहरुको भनाई छ । शुक्रबार आफ्नो आफन्तलाई उपचार गर्न लिएर गएका सोही नगरपालिका वडा नं. १ का जनक बस्ताकोटी एउटा भिडियो सामाजिक संजालमा पोष्ट गर्दै सो अस्पतालको अवस्थाबारेमा जानकारी दिएका छन् । लम्सालथुमकी आफ्नी ठुलीआमा मैयाँ लम्साललाई ज्वरो आएर नगर अस्पताल गएर तर, तेहाँ जादाँ बन्द भएकाले फोन गरेर बोलाउनु पनेरको उनको भनाई छ ।

हेर्नुुस् बस्ताकोटीको भनाई: 

यसबारेमा हामी नगरप्रमुख टोक बहादुर वाइवालाई फोन गर्दा उनले कर्मचारी खाना खान गएकाले त्यस्तो भएको दाबी गरे, उनले भने ‘कस्ता कस्ता अस्पतालमा त डाक्टर हुदैंनन् हाम्रो त भर्खरै सुरु गरेको अस्पताल ।’ अस्पतालमा ५ जना भन्दा धेरैको जनशक्ति रहेको स्वय्म नगरप्रमुख समेत स्विकार गरे ।