कोरोना भाइरसबाट ८ जनाको मृत्यु, संक्रमितको संख्या १५६७

95

जेठ १८,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । आज संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् । आजसम्म ८ जनाको मृत्यु भइसकेको छ ।