बोजीनी ड्याम विस्तार तथा सामुदायिक वनमा पर्यापर्यटनकोे विकास : भ्रम र यथार्थ

1111

-एस पी गाउँले
चाँगुनारायण नगरपालिका वडा नं ८ स्थीत वोझेनी ड्यामको विस्तार, विकास र सौन्दर्यीकरण गर्न सकेमा यो ठाँउ काठमाण्डौं उपत्यकाको महत्वपूर्ण पर्यटन केन्द्र (Tourism Hot Spot ) हुन सक्ने कुरामा दुई मत हुन सक्दैन । यसको सम्भावनालाई यस क्षेत्रमा बसोवास गर्ने मात्र नभएर यहाँ घुम्न/हेर्न आउने सबैले सजिलै अनुभव गर्न सकिन्छ । यति उज्यालो सम्भावना भएर पनि अहिले सम्म यो ठाँउ वत्ति मुनिको अँध्यारोको अवस्थामा छ । यसलाई प्रस्फुृटन गर्ने हामी स्थानियको उत्कट चाहना भएर पनि व्यवस्थीत कार्य योजना, प्रविधि, श्रोतको अभावमा दशकौं देखिको चाहना अधुरै/अपुरै रहेको छ ।

हालै चाँगुनारायण नगरपालिकाले वोझेनी ड्यामको विस्तार र सौन्दर्यीकरणमा लिएको पहल र अग्रसरता प्रति हामी स्थानियको ओठमा केही हद सम्म भए पनि मुस्कान छाएको छ ।
यसै विचमा साविक सुँडाल गाविस वडा नं ६ र ७ स्थीत महामञ्जुश्री र वहाल सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन क्षेत्र भित्र पर्यापर्यटनको विकास गर्नको लागि गरेको निरन्तर प्रयास स्वरुप प्रचलित वन ऐन, नियम र कार्य विधि तथा नेपाल सरकारले लिएको नीतिको अधिनमा रही सामुदायिक वनको कार्ययोजनामा व्यवस्था गरी सामुदायिक वन भित्र पर्यापर्यटन प्रवर्धन कार्यक्रम संचालन हुने अवस्थामा आई पुगेको छ । यस सम्वन्धमा हाल आएर केही व्यक्तिहरुवाट सामाजिक सञ्जाल मार्फत विषयवस्तुको गहिरो अध्ययन विना भ्रमपूर्ण कुराहरु संम्प्रेषण भई रहेको देखियो । यसले समुदायमा केही भ्रम श्रृजना गरेकोले यस सम्वन्धमा निम्न अनुसार भएको जानकारी आम समुदायमा दिन चाहन्छौं ।

हाल प्रचारमा आएका मुख्य विषयवस्तुहरु: 

– जनप्रतिनिधि तथा वन पदाधिकारीहरु मिलेर ड्याम, पानी र वन क्षेत्र कौडिको मुल्यमा निजि कम्पनीलाई विक्रि गर्न लागेको ।
– व्यापक कमिशनको लोभमा सामुदायिक वन तथा ड्याम विक्रि गरेको,
– परम्परा देखि उपभोग गर्दै आई रहेको खानेपानी तथा सिँचाईको उपभोग गर्न नपाउने,
– व्यवसायिक फाइदा सबै निजि कम्पनीले लैजाने, स्थानियलाई कुनै किसिमको फाईदा नहुने,
– सामाजिक तथा साँस्कृतिक गतिविधिहरुमा नकारात्मक प्रभाव पर्ने,
– कोही कसैलाई जानकारी नगराई अगुवाहरुले भित्र भित्रै विक्रि गर्न लागेको आदि ।

यस सम्वन्धमा भए गरेको प्रकृयागत यथार्थता: 

  • वहाल सावउसले २०७५ माघ महिनामा आफ्नो सामुदायिक वन क्षेत्र भित्र पर्यापर्यटन कार्यक्रम संचालन गर्नको लागि साधारण सभाबाट निर्णय गराई प्रकृयाको शुरुवात गरेको,
    -२०७६ असोजमा पर्यापर्यटन प्रवर्धन सम्वन्धी प्रावधान भएको कार्य योजना परिमार्जन गरि समूहबाट अनुमोदन गरिएको,
    – महामञ्जुश्री सावउसको साधारण सभाबाट पर्यापर्यटन कार्यक्रम संचालन सम्वन्धी निर्णय गरेको,
    – वन विभागको सामुदायिक वन भित्र पर्यापर्यटन प्रवर्धन कार्य विधि २०७५ मा भएको प्रावधान बमोजिम २०७६पौष ३ गते पर्यापर्यटन व्यवसाय संचालन व्यवस्थापन समिति गठन गरेको, उक्त समितिको संयोजक लगायत सदश्यहरुको पदेन व्यवस्था गरिए वमोजिम तोकिएको,
    – पर्यापर्यटन व्यवसाय संचालन व्यवस्थापन समितिले मिति २०७६ पौष ३ मा आसय पत्र माग गर्ने निर्णय गरेको
    – मिति २०७६ पौष ९ गते आसय पत्र माग गरेको सूचना दुवै सावउसको तर्फबाट सौर्य राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको,
    – मिति २०७६ पौष २९ मा पेश हुन आएका आसय पत्रहरुको छनौट विधि अपनाई मूल्यांकन भएको,
    – मिति २०७६ माघ ८ मा आसय पत्र स्वीकृत गरी ३ वटा प्रस्तावकबाट विस्तृत आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको,
    – मिति २०७६ माघ २५ मा पेश हुन आएका आर्थिक तथा प्राविधिक प्रस्तावहरु खोली मूल्याँकनको लागि कार्यदल गठन भएको, सो कार्य दलले फाल्गुण १२ गते सिफारिस सहितको प्रतिवेदन पेश गरेको,
    -फाल्गुुण १५ गते व्यवस्थापन समितिले प्रस्तावहरु मूल्याँकन गरी श्री उडि एड्भ्यान्चर प्रा.ली.गोदावरीलाई छनौट गरी सम्झौताका लागि दुवै सावउसलाई सिफारिस गरेको,
    ड्ड फाल्गुण २० मा दुवै समूहको कार्य समितिको बैठकले व्यवस्थापन समितिको सिफारिस बमोजिम उडि एड्भान्चर प्रा.ली.लाई छनौट गरी अध्यक्ष र सचिवलाई करारनामा गर्ने अख्तियारी दिएको,

पर्यापर्यटन व्यवसायमा संचालन गर्न चाहेका कृयाकलापहरु: 
– जिप लाईन, क्यानपी वाक, फ«ी फल, स्काई व्रिड्ज, जिप साइक्लीङ्ग, टायर क्लाइविङ्ग, पिङ्ग, चराको गुँड, आदि साहसिक खेलहरु,
-मिनि जु, चिल्ड्रेन पार्क, टेन्ट हाउस, पिकनिक पार्क जस्ता मनोरन्जनात्मक स्थलहरु विकास र संचालन
– ट्री हाउस, कटेज, भ्यूटावर
– जलक्रिडा, आर्चरी खेल, हर्स राइडिङ्ग, ,फोटोग्राफिङ्ग आदि

व्यवसाय संचालन प्रस्तावित विधि: 
– प्रस्तावक कम्पनीले स्थानिय इच्छुक लगानीकर्ता, सामुदायिक वन उपभोक्ता समूह, र चाँगुनारायण नगरपालिकाको शेयर लगानीमा संचालन गर्ने गरी प्रस्ताव स्वीकृत भएको,
स्थानिय समुदायमा पर्ने प्रभावको विश्लेषण भई रहेको सामुदायिक वनको हैसियत तथा वातावरणमा प्रतिकुल असर नपारी निम्न अनुसारका सकारात्मक प्रभाव पर्ने देखिन्छ:

– कम्तीमा वार्षिक १२ देखि १५ लाख रकम सावउसलाई, संघिय सरकारलाई २० लाख, प्रदेश सरकारलाई १५ लाख र चा.न.पा.लाई व्यवसाय कर वाहेक करिव ५ लाखको हाराहारीमा शुल्क वापत अनुमानित आम्दानी हुन सक्ने,
– प्रत्यक्ष श्रृजना हुुने रोजगारी मध्ये ७० प्रतिशत स्थानियलाई अवसर दिँदा २० देखि २५ जनाले प्रत्यक्ष रोजगारी पाउन सक्ने,
– स्थानियले उत्पादन गरेका कृषी उपज, हस्तकला आदिको विक्रि व्यवसायबाट उल्लेखनिय आम्दानी गर्न सक्ने, कृषी तथा पशुपालनमा थप व्यवसायिकरण हुन सक्ने,
– वोझेनी ड्यामको विस्तार र सौन्दर्यीकरणले तल्लो तटिय क्षेत्रका पानीको श्रोत संरक्षणमा सहयोग पुग्ने, हाल स्थानियले प्रयोग गर्दै आएको पानीको उपभोगमा कुनै वाधा अड्चन नपारी पानी सँग सम्वन्धीत पर्यटकिय खेलहरु संचालनमा आई वहुपक्षिय फाइदा हुने देखिन्छ । यस्ता खेलले पानीको प्रयोग, गुणस्तर, परिमाणमा कुनै नकारात्मक असर पुग्ने देखिन्न । वातावरणीय सन्तुलनमा अनुकुलन हुने देखिन्छ ।
– व्यवसायिक गतिविधि वृद्धि हुन गई ठाँउ विशेषको मुल्य अभिवृद्धि र व्यवसायहरु फस्टाउन सक्ने,
– स्थानिय व्यक्तिहरुले उच्च प्रविधि, शीप, क्षेमता र आँटमा वृद्धि भई भविष्यमा यस किसिमकका व्यवसाय संचालन गर्न सक्ने क्षेमताको विकास हुने,
-राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा पहिचान हुने

निष्कर्श: 
 उपत्यका भित्रको लोकप्रिय शाहसिक पर्यटकिय केन्द्रको रुपमा विकास हुने सम्भावनालाई गुमाउनु परेमा स्थानिय समुदायको रोजगारी तथा आर्थिक समृद्धिको सपनामा तुषारापात हुनु सरह देखिन्छ ।
 वस्तुगत तथ्यलाई वेवास्ता गर्दै व्यक्तिगत, समूहगत, दलगत कथित मतभेद श्रृजना गरी आ आफ्नो स्वार्थपूर्तिमा नलागी पर्यापर्यटन कार्यक्रम संचालन गर्नु वुद्धिमानी हुनेछ ।
 प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा देश, समाज पछाडि परेका धेरै उदाहरणहरु हामीहरु समक्ष छन् । यसले अन्तत्वगत्वा सबैलाई नोक्शानी पुर्याउने हुँदा सवै तह र तप्काहरु गम्भीर हुन जरुरी देखिन्छ । जस्तै ः अरुण तेस्रो जलविद्युत परियोजना ।
 मनकामना केवलकार, चन्द्रागीरी हिल्स, प्याराग्लाइडिङ्ग पोखरा जस्ता शाहसिक र आकर्षक पर्यटकिय व्यवसायहरु राज्यको आर्थिक क्षेमता नभएर निजि क्षेत्रलाई दिएको होइन । हाम्रो जस्तो देशमा यस्ता व्यवसायहरु निजि क्षेत्रको नेतृत्वमा संचालन भएका मात्र प्रभावकारी रुपमा सफल भएको अनगिन्ती उदाहरण देखिन्छन् । राज्यबाट व्यवस्थापन गरेका व्यवसायहरु अधिकांश डुवेका उदाहरण पर्याप्त पाइन्छ ।

व्यवसायिक कृयाकलाप पेशागत दक्षता हासिल गरेका व्यक्ति वा कम्पनीको नेतृत्वमा स्थानिय समूह, सहकारी र नीजि लगानीकर्ताहरुको लगानी हिस्सा वढी हुने गरी संचालन गर्दा फाईदा अधिकाँस स्थानियहरुमा जान सक्ने हुन्छ । पेशागत दक्षता नभएका र किटानी जिम्मेवारी नभएको समूहगत नेतृत्वले व्यवसायिक काम गर्दा असफल भएको दृष्टान्त धेरै भएकोले नीजि कम्पनीको नेतृत्व र जवाफदेहिता हुने तथा लगानीको सुरक्षण पक्षलाई ध्यानमा राखी यो व्यवसाय संचालनमा लैजानु पर्दछ ।

वनको प्रयोग र उपयोगितामा आएको परिवर्तनले गर्दा काठ, दाउरा, घाँसको लागि मात्र वन नभएर आर्थिक समृद्धिको लागि वन वनाउने हो भने यस क्षेत्रमा वनलाई पर्यापर्यटकिय दृष्टिकोणबाट समेत व्यवस्थापन गर्न जरुरी छ । अन्त्यमा, “जिम्मेवार र जवाफदेही नागरिकको भूमिका आजको आवश्यकता”

चाँगुनारायण, भक्तपुर
                       यो लेखकको नीजि बिचार हो -सम्पादक