Thursday, October 1, 2026
Home अर्थ बजेट भाषणः पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट

बजेट भाषणः पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट

244

जेठ १५,
काठमाडौं । सरकारले कोरोना कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । प्रभावित होटल, एयरलाइनस, ट्रेकिङ्ग, लगायतका क्षेत्रको कर्जा, कर र ब्याजको व्यवस्थापनका लागि सो रकम छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।
साथै आर्थिक वर्षमा पर्यटन क्षेत्रको विकासका लागि एक प्रदेश एक पर्यटकीय क्षेत्र विकास गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा ठूला पर्यटकीय क्षेत्रको विकास गरिने उनले बताए ।