रहेनन् वरिष्ठ गीतकार थापा

90

जेठ १५,
काठमाडौं । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । बिहीबार मध्यान्ह १२ बजे उनको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । गीतकार थापाका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चामा रहेका छन् । ८३ वर्षीय थापाको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । अहिले उनको शव नर्भिक अस्पतालमै रहेको जनाइएको छ ।