‘भाई तिमीले पठाएको पैसा देख्नेले, तिम्रो दुःख र पसिना देखेनन्’

367

-मुना बस्नेत
प्रिय भाइ,
न्यानो माया तथा सम्झना,
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट त्रसित मेरो मन मस्तिष्कले हरपल तिमीलाई सम्झन्छ । स्वदेशी भूमिमा रहेदा मेरो कहालिलाग्दो यो अवस्था, यो मेरो हरपल रोगसंगको लडाइ एकातिर भने भोकसंगको लडाइ अर्कातिरले मलाई मेरो भन्दा पनि पलपल तिम्रो सम्झनाले सताई रहन्छ । मेरो मनमस्तिकले पलपल हे भगवान मेरो भाइको स्वास्थ्यको ख्याल राख भन्दै विन्तीभाउ चढाइरहन्छ ।

निरन्तर, परदेशीएको मेरो भाइको कसैले त उद्दार गरिदिए हुन्छ भन्दै जोकोहिसित म आशावादी रही रहेको हुन्छ । कोरोना भाइरसबाट सुरक्षित रहन बन्दकोठा भित्र एकान्तवासको त्यो उकुसमुकुसीएको सारा विश्वमा तिम्रो त्यो खाडीपनि पक्कै निस्सासिएको होला । सामान्य अवस्थामा त निस्सासिने त्यो खाडी आज पक्कै कल्पनाको सिमाभन्दा पनि पर रहेको होला । मनका कयोै पीडा लुकाएर मन्ध मुस्कानका साथ तिमी बोलिएता पनि मलाई लाग्दैन त्यो सत्य हो भनेर । अरु बेला त कम्पनीको जर्वरजस्त हेपाइ शोषणमा पर्ने गरेका खाडीका नेपालीहरुको त्यो हदृय विदारक कथा मैले पक्कै सुनेको यति सजिलै विर्सि सकेको छैन । सारा विश्व लकडाउनमा रहेको बेला, तिम्रो कम्पनी पनि लकडाउनमा होला ।

तिमीहरु सबै पनि काम विहिन भएको होलाउ, एउटै कोठामा निस्सासिएर रोगले भन्दा पनि भोकको त्रासले आक्रान्त भएकै छौ होला । एकछाक भोकै होइन भाइ सायद तिमीले त्यो परदेशमा कयौ छाक भोकै बसेको छौं होला । परदेशीको पिडा सामान्य पिडा भन्दा निकै कठिन हुन्छ भनेर सायद तिमीले पक्कै महसुस गरेको छौ होला तर आज कोरोनाका कारण आफू आफ्नो शरीरका अङ्ग, त्यो फेरिने सास अनि आफ्नो आत्मियबाट नै यतिको त्रसित हुनु पर्ने पनि दिन आउछ भनेर पक्कै कल्पना पनि गरेको थिएनौ होला । जिवनमा त्यो पनि परदेशी भूमिमा यतिका त्रासमा बाच्न पर्ला भनेर तिमीले सायद सपनामा पनि सोचेका थिएनौं होला ।

कहिले काही म सम्झनछु स्वदेशी भूमिमा रहेको तिम्रो दिदी त निरीह बन्न वाध्य छिन, बाध्यतात्मक अवस्थामा मैले समाधानको कुनै राहत पाउदिन्न, आफ्नै बाट म आज आफैनै भूमिमा विरानो भएको छु । जति कराए वा चीच्याए पनि मेरो आवाज मात्रै आवाज विहिनमा परिणित हुने सिवाय मैले केही पाउनदिन तर सान्त्वनाका लागि जति दु ः ख होस, जति पिडा होस कम्तीमा म परिवारका साथमा त छु । तर तिम्रो साथमा म छैन, तिम्रो परिवार छैन । परिवारको काखमा रमाउन तिमीलाई कयौ मन हुदा हुदै परिवारका काखमा खुसी भर्नका लागि परदेश हिडेको भाइ तिम्रो यहिवेला अथाह माया अनि सम्झना लागि आउछ । परिवारिक वाध्यता र बाध्यताले गर्दा विरानो मुलुक तिर पाइला नचाली सुखै नपाउने तिम्रो त्यो कलिलो पाइँला सम्झी–सम्झी आज मेरो पलपल आँखा रसाउने गरिरहेको छ ।

त्यो समय जतिवेला तिम्रो हातका हत्केलामा रेखा पनि राम्रोसँग देखापरेको थिएन जति वेला बाल्यकालको खेल्ने अनि त्यो उत्ताउलो गर्ने तिम्रो उमेरले गहकिलो पारिवारिक जिम्मेवारी बोक्दैँ कयौं आफ्ना खुसीलाई पारिवारिक खुसीका लागि तिलाञ्जली दिएको त्यो पल आज झलझली याद आउछ मेरो भाइ । म त केही बुझने थिए तर तिमी सानै थियो भाइ । बाबा भन्ने उमेर माओवादी द्धन्द्धको सिकारमा आगनमै बाबाको लास लडिरहेको थियो, तिमी खेल्दै आउदै अनि बाबा भन्दै टोतेबोली बोल्दै बाबाको लासलाई रमाइ–रमाइ सुम्सुमाएका थियौं । अनि दिदि बाबा किन नबोल्नुभाको भन्थ्यो । तिम्रो नजरमा जतिबेला आगनमा लमतन्न त्यो लासलाई केही समय पछि घाट लगनका लागि उठाइन्छ तब तिमी रुदैरुदै बाबा–बाबा मेरो बाबा सुतिरहन्नु भएको छ काहा लगेको काहा लगेको भन्दै तिमी पछि–पछि कुद्दै गरेको त्यो क्षण आज मलाई झलझल याद आइरहेको छ भाइ । जब तिमी हुर्किदै गयो अनि केही अलि बुझने भयो त तिमीले आफूलाई सानैमा टुहुरो भएको अभागी बालकका रुपमा पायो । जतिबेला तिमीले हाम्रो अनि परिवारिक खुसीका लागि सम्पुर्ण आसुका ढिकाहरु सबै भित्रै–भित्रै सुकाइसकेका थियो । माओवादी द्धन्द्धका सिकार भएको र अवशेसका रुपमा रहेको त्यो सानो घरका हेरक दुङगा अनि माटोले आज भाइ तिमीलाई सम्झिरहेको छ । जवान छोरालाई गुमाउदाको पिडालाई दिनरात खेप्दै आइरहेकी त्यो मधुर दुष्टिमा रहेको ८४ कटी सकेकी हजुरआमाले आज बाबु तिमीलाई पलपल सम्झिरहनु भएको छ । तिमीले लगाएको त्यो जुत्ता अनि तिम्रो चुडिएको चप्पल, तिमीले बोकका डोका अनि ति डोकाका नाम्लाहरुले पलपल भाइ हामीलाई तिम्रो सम्झना दिलाइरहेका छन् । तिनले पनि तिमीलाई कति सम्झिरहेका होलान ।

अरु सामान्य बेला त तिम्रो यादले दिनरात हामीलाई पिरोलिने गथ्यो त आज विश्वनै स्तब्ध भएको बेलामा तिम्रो याद अनि सम्झनाले हाम्रो प्रत्येक सास मात्र तिमी प्रति केन्द्रित रहेको छ र कयौ सम्झना अनि यादका बाबजुत तिम्रो कलिलो हातको हत्केलामा दुःख र ठेलाहरु अनि कलिलो त्यो निधारमा देखिएका कयौँ धर्साहरुमा खुसी भर्न त्यो सात समुन्द्रको बाटो तिमीले त्यो कलिलो उमेरमानै तय गरेका थियो । कहिलेकाही जे सोच्छु मन भन्दा त पक्कै धन ठूलो होइन । तर आज कलिलो उमेरमा आफ्नो घर अनि गाउँ ठाउँलाई सिगार्ने सपना बोकेको मेरो भाइले ति सपनालाई तिलाञ्जना दिएर त्यो कलिलो उमेरमा नै परदेशी गाउँ अनि त्यो बिरानो ठाउँ सिगार्न त्यो तिम्रो पाइला नचाली सुखै रहेछ । जुन महसुस गर्दै छु । साच्चै मंहगियो संसारे सम्बन्ध, सस्कार र सबथोक । पैसा बेगर सिन्कापनि नबाचिने भयो, पैसा बिना मान प्रतिष्ठा पनि प्राप्त नहुने भयो । पैसानै संसार भयो, पैसानै सम्बन्ध संस्कार अनि सबथोक भयो । पैसा बिनाको पात्रलाई मात्र समाजमा बिल्ला अनि नमुनाको पात्रका रुपमा उभिइदिने त्यो संस्कारबाट बच्नका लागि परदेशीयको बाध्यता हो तिमी भाइ ।
जुन तिमीले त्यो तिम्रो कलिलो उमेरमा नै महसुस गरेको रहेछौ, तिम्रो रेमिटन्सले आज पलपल हामीलाई अमन चयनको केहि प्रतिशत महसुस गराएता पनि भित्र अन्र्तर मनबाट विल्ला र तिखो काडाले प्रहार गरेको जस्तो मात्र लाग्छ ।

भाइ मानिसले आजकाल इमान जमान नैतिक धर्म सबै बिर्सिसकेका छन् । प्रत्येक शब्द र तिनका रकमी बोलि अनि रकमी व्यवहारले आजित बनाउदै तिमीलाई यतिपरको यात्रा तय गराउनुको प्रमुख कारण होला । हिजो हजारौ माइलको यात्रा पनि आफै खुट्टाले तय गर्ने ति गाउँका गाउँलेहरु आज दुइ पङ्ग्रे र चार पाङग्रे वेगर पाइलानै चाल्न बिर्सिसकेका छन् ।
बिहान बेलुका साइली आमाको दोकानमा चिया खानका लागि जम्मा हुने त्यो गाउले भिड आज बार अनि रेष्ट्र«रेण्ट धाउन थालिएका छन् । यीनै दुश्यले गर्दा सायद आज मैले मेरो भाईलाई क्षितिज पारि यो यात्रा तफ गर्दा पनि मुखदर्शक भइ बस्न बाध्य भएको होला । घरको तिमी भन्दा ठूलो भएता पनि म मौन बस्नु पर्ने घरको सम्पुर्ण जिम्मेवारी आफ्नो काँधमा बोकि क्षितिजपारिको यात्रा मेरो भाइ तिमीले तय गर्दा आज म संग सनत्वनाको नाउँमा मनमा पिडा अनि आँखामा आसुसिवाय केही पनि छैन, म आफैमा चकित छु म आफैमा थाकिसकेको छु ।

प्यारो भाइ त्यो हामो बाल्यकाल यसो सम्झत जति दुःख अनि पिडा दायक भएता पनि तत्कालिन समय कुनै प्रतिस्पर्धाको समय थिएन । गाउँले एक जनाको दुःखलाई साराले गाउँले आफ्नै दुःख अनि पिडा जसरी बोक्दा लाग्थ्यो गाउँले सारा एक्कै घरका परिवार जस्ता । याद छ तिमीलाई त्यति खेर न कुनै पैसाको बोलिनै बिक्थ्यो नत कुनै रकमीको बोलिनै, समय थियो इमान, जमान अनि नैतिक र मानवीयताको है । कति आनन्द अनि कति शालिम थियो त्यो समय है भाइ । मलाई त्यो समय सम्झदा आज एकादेशको कथा भएको देख्दा आफैलाइ आश्चर्य लाग्छ ।

बिहान उठेर पछि पधेरा जाँदा गाँउले दिदिबहिनी अनि आमा सानीआमा सगंको त्यो हासिमजाक अनि माया प्रेम बास्तवमा नै एक स्वर्गीय आनन्दको पराकास्ट नै थियो । त्यो मर्दा पर्दा एकघरले अर्काे घरलाई गरिने सहयोग कति राम्रो थियो । हाम्रो त्यो जीन्दगी कति शान्त र आनन्ददायी थियो । त्यो हाम्रो तत्कालिन समय है भाइ । जहाँ कुनै प्रतिस्पर्धा नै थिएन, जहाँ कुनै रिस अनि राग नै थिएन, आहा यसो सम्झदा पनि चरम सुखको प्रत्याभूति दिलाउँछ । भाइ सम्झ त, त्यो समय जहाँ तिमीलाई र मलाई आमाले पढाउने बेलामा अनि सुताउँदा खेरीका कयौँ र लोहरीका मदुर आवाजले त्यतीखेर हाम्रो मन मष्तिकलाई कति आनन्दको प्रत्याभूति दिलाउने थियो । न कुनै शिक्षादिनेमा अहकार नै थियो न त शिक्षा लिनेमा नै । क्षमताका आधारमा जोकोहि पनि खुलेयाम चरी जसरी उड्न सक्थ्यो । तर, आज समयले कति चाडै कोल्टो फेरेछ ।

शिक्षा दिशापनि पैसामा सट्टापटा हुने जमाना क्षमताले शिक्षा आर्जन भन्नुभन्दा पनि पैसाका बिटामा मान्छेको विद्धता आदान–प्रदान हुने जमान शिक्षापनि पैसाले किन्नुपर्ने अब दिमाग भन्दा पनि पैसा चाहिने है भाइ यो जमाना बिहान उठेर देखी बेलुका नसुनेसम्म अभावै–अभाव । कति समधर अनि आनन्दपूर्वक थियो त्यो हाम्रो समय, जुन आज मीठो सम्झनामा मात्र सिमित रहनुपुग्यो । त्यो हाम्रो सरल जिन्दगी अनि पुरै सादगीले भरिपुर्ण आज कथामा नै सिमित रह्यो है भाइ ।

सम्झदा पनि आस आउछ, हामी हुकिएको त्यो पल आमाको न्यानो काख अनि हजुरबाबा, आमा लगायत कयौ आफन्तका हातैहात हुर्किदै, गरिएको एकले अर्कामा अंकमाल आजका आधुनिक सिकन्दरले पुरै लुटिएको छ । त्यो आधुनिक दुनियाँ तिमी परदेशीन बाध्य भयौ भाइ, आज तिम्रो लागि आमा दिदि अनि आफ्न्त सबै फेसबुक अनि म्यासेन्जरमा नै हुन् ग¥यो । तिमीलाई यो पत्र लेख्दा कयौ आसुको ढिकालाई मैले आखा भित्र सुकाइदिएको थिए । तिमीले आफ्नो सिरानी छेउमै राखेको अर्लामलाई आफ्नो बोसका रुपमा लिइ अलामको गतिमा आफूलाई खाडिको रापमा तताइरहेर तिमीले पठाइदिएको रेमिट्न्सले आज मूलकको अर्थतन्त्र उकासिएको छ । आमाले र मैले पनि छातीनै दाकिने खाले मोबाइल बोक्नपाएका छौँ, विदेशीबाण्डका मीठाइ, घरका भित्तानै ढाकिने खाले टिभिको आनन्दमा आज हामी रमाउन पाएका छौ । त्यो हिजोको हाम्रो घर आज सिमेन्टको भएको छ, हामी जस्ता कयौका जिवनमा परिवर्तन भएको छ, ठूलठूला स्कूलमा तिनका सन्तानले रेमेट्न्स भित्रायाइ दिएका छन् । सिनेमा घर र अनि ठूलठूला बजारमा आज रमेट्न्स भरिपूर्ण छ । घरका भित्ता, किचेन वेडरुम बाहिरभित्र जति रेमेट्न्सले भरिभराउ गराएता पनि भाइ, त्यहा आफ्नोत्वो छैन, खुसी सहितको परिवारीक माहोल छैन ।

तिमीले त्यहा खाडीमा पलपल पसिनाको थोपा पढाउने निजि स्कूलमा मास्टर छैन मर्दापर्दा भन्ने शब्दनै मरिसकेको छ सरसापटी सबै रितिएर सुकिसकेका छन् सबै निस्टुरी अनि स्वार्थी भएका छन् ।

तिम्रा रेमिट्यान्समा रमाउनेहरुले आज तिमीलाई नै विर्सिसकेका छन । तिम्रो देशले आज तिमीलाई पराइको व्यवहार गरि, तिमीलाई मात्र दुध दिने गाईको रुपमा लिइ तिमीलाई पर्दा एकलाईदिएको छ । मुलुक अनि आफन्तका सहित परिवारको जिवन सपार्न आफ्नो सिमापरिको त्यो यात्रालाई तिमीले तय गर्याे तर आज ति सबै तमासमा सिमित भएको देख्दा वास्तवमानै मलाई सारै मनदुखि राखेको छ भाइ ।

हिजो देश अनि देशवासीका खुसीका लागि कयौ तिम्रा पुर्खाले रगत पसिना ति सात समुद्र पारि नबगाएको इतिहास नभएको भने पक्कै होइन । ति तमाम इतिहास मात्र तमासमा सिमित रहयो भाइ र भाइको रगत पसिना पनि तमासमा नै सिमित देख्दा, त्यो सातसमुद्रको यात्रा अनि त्यो खाडीको राप र आलमको डरसबै अबमुल्यन भयो भाइ, सबै अवमूल्यन भयो ।

प्यारो भाई अब सोच्ने पर्छ , त्यो परदेशी भूमिमा जति बगाएको त्यो रगत पसिना मात्र तमासामा समित रहेने हुदा, अब त्यो रगत पसिना स्वदेशी भूमिमा नै बगाउदा पक्कै तिम्रो रगत पसिनाले उचित मुल्याङ्कन पाउने छ । तिमी फेरी कयौ उपन्यास सिर्जनाको विषय बस्तु बन्नै पर्छ । उही सरल जिन्दगी अनि सादगीले भरिपुर्ण जिन्दगीको उपहार तिमीले अब दिनै पर्छ ।           आजलाई बिदा पाउ भाई

                                                               तिम्रो प्यारी दिदी