पत्रकारको कार्ड बोकेर चोर्ने कार्यमा संलग्न पक्राउ

324
सांकेतिक तस्विर

जेठ ७,
काठमाडौं । प्रहरीले लकडाउनको मौका छोपेर पत्रकारको कार्ड बोक्दै चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल धुम्वराही बस्ने हम्मे भन्ने हिमाल रसाइली र बारा स्थायी घर भई ओमबहाल बस्ने अनिल आलम मिया रहेका छन् । उनीहरुले सिनामंगलस्थित एक होस्टलबाट विभिन्न समयमा चार थान ल्यापटप तथा चैत २४ गते चाबहिल भत्केको पुलस्थित सुविन मानन्धरको घरबाट ल्यापटप र आइप्याड चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीको टोलीले बैशाख ६ गते चोरीका सामाग्रीसहित पक्राउ गरेको हो । साथै उनीहरुबाट ५३ हजार नेपाली रुपैयाँ, ३०० डलर, २ सय चाइनिज युयान र धारिलो हतियार पनि बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले भेटेपछि सोधपुछका क्रममा पत्रकार भएको भन्दै एक टेलिभिजनको परिचय पत्र देखाएर भाग्न खोजेका थिए । सो परिचयपत्र नक्कली भएको पनि प्रहरीले जनाएको छ ।