कविताः प्रियसीको सम्झनामा

725

-सुमना तिम्सिना
कहाँ देखुँ कहाँ भेटुँ लाग्छसधैं तिमीलाई
तिम्रै अंगालोमा बाधिइरहुँ जस्तो लाग्छ सधै मलाई

कहिले काहीँ यस्तो लाग्छ भुर्र उडी भेटुँ भेटुँ
सधै भरी तिमी संगै सारा प्यास मेटुँ मेटुँ

तिमीसंग छुट्न मन त कहाँ मलाई लाग्या हो र
बाध्यताले पुर्याइदियो तिम्लाइ मलाई वर पर

बेचैनी छ विपनिमा तिमीलाई, सम्झीराख्दा
आनन्द छसपनिमा सधै तिम्लाई देख्नपाउँदा ।

आँखा भरी आँशु थिए तिमी र म छुट्दा खेरी
सधैंभरी साथ दिन्थ्यौ मनका कुण्ठा पोख्दा खेरी ।

कस्तो माया लायौ तिम्ले युगौ देखि भेटे जस्तो
तिम्लाई देख्न पाउँदा खेरी भोक तिर्खा मेटे जस्तो ।

फुत्त आयौ भुर्र उड्यौ जंगलको चरी जस्तो
भेट हुँदा भन्ने गर्थ्यौ तिमी त छौ परी जस्तो ।

सम्झनाको पोको लिइ दोबाटोमा कुरिरहन्छु
जुनि जुनि सयौ जुनि तिमीलाइ नै पर्खिरहन्छु ।
                                                     -धनकुटा